स्यान्डल विथ लेस
उचाइ कम भएका युवतीका लागि हाई हिल पनि बजारमा पाइन्छन् । बजारमा अहिले घुँडासम्म बाँध्न मिल्ने अथवा कुर्कुच्चाको अलि माथिसम्म बाँध्न मिल्ने लेस भएको स्यान्डलको ट्रेन्ड देखिएको छ ।
फेसन भन्नेबित्तिकै पहिरन अर्थात् कपडा भन्ने बुझाइ छ । जुन गलत हो । फेसन भनेपछि हामीले लगाउने जुत्ता–चप्पल पनि जोडिएर आउँछ । जुत्ता–चप्पल पनि मौसमअनुसार विभिन्न स्टाइलमा आउँछ– जसरी कपडा आउँछ ।
भनिन्छ, मानिसको व्यक्तित्व उसले लगाएको जुत्ता अथवा चप्पलले निखार्छ । त्यसैले अहिलेका पुस्ता कपडासँगै जुत्ता–चप्पलमा विशेष ध्यान दिन्छन् ।
गर्मी मौसममा कपडासँगै नयाँ–नयाँ फेसनेबल चप्पलहरूको लोकप्रियता बढ्दो छ । युवतीहरू फेसन या सोखका लागि पनि युनिक डिजाइन भएका स्यान्डल लगाउन रुचाउँछन् ।
अहिले झनै सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै आफूलाई अलग देखाउने होडमा विभिन्न ब्रान्डका फरक–फरक स्यान्डल प्रयोग गरिरहेका हुन्छन् ।
कुनै पनि विशेष अवसर तथा पार्टीका लागि स्टाइलिस देखिन धेरै युवती ड्रेस, इयरिङ, बेंगल र स्यान्डल म्याचिङ गरेर लगाउने प्रचलन छ । काठमाडौंका सडकमा धेरैलाई ड्रेस सुहाउँदो स्यान्डल या हाई हिलमा ठाँटिएर हिँडेको देख्न सकिन्छ ।
मल्टिपल स्ट्रेप्स या सिंगल, खुट्टाको पछाडिको भाग देखिने र छोपिने धेरै डिजाइनमा स्यान्डल लगाएर आफ्नो खुट्टा आकर्षक देखाउन सबैलाई मन पर्छ ।
अहिले गर्मी मौसमको साथै वर्षातको समय भएकाले पानीले भिज्दा पनि फरक नपर्ने खालको स्यान्डलहरूको खोजी जो–कोहीले गर्छन् ।
त्यस्तै, लेस भएको स्यान्डल लगाएको युवतीलाई देख्न सकिन्छ । युवतीहरूको रुचिलाई ध्यानमा राखेर विभिन्न कम्पनीले आफ्नो उत्पादन बजारमा ल्याएका छन् ।
यसले फेसनेबल देखिनुको साथै सुन्दर पनि देखाउँछ । गर्मी मौसममा छोटो लुगामा हिँड्न रुचाउनेका लागि यो स्यान्डल ‘पर्फेक्ट’ हुन्छ ।
स्कर्ट, वानपिस, हाफपाइन्टमा यो स्यान्डल एकदम कुल देखिन्छ । विभिन्न मूल्यमा पाइने आकर्षक स्यान्डलहरू उचाइ कम भएका युवतीका लागि हाई हिलमा पनि बजारमा पाइन्छन् ।
बजारमा अहिले घुँडासम्म बाँध्न मिल्ने अथवा कुर्कुच्चाको अलि माथिसम्म बाँध्न मिल्ने लेस भएको स्यान्डलको ट्रेन्ड देखिएको छ ।