सुदूर नेपाललाई विश्वसँग जोड्दै

गर्मी मौसममा क्याजुअल ड्रेस

२०७५ भदौ ३, ०८:२१

अहिले गर्मीका साथै पानी पर्ने मौसम छ । हामीले लगाउने पहिरनको कपडादेखि लिएर रङ, डिजाइनमा पनि मौसमअनुसार फरक हुन्छ । 
गर्मी मौसममा शीतल खालको नरम र हल्का रङको कपडा प्रयोग गर्नुपर्छ । पानी पर्ने भएकाले डिजाइन र कपडाको प्रयोगमा विशेष ध्यान दिनुपर्ने हुन्छ । फेसनेबल र कम्फर्टेबल दुवै देखिनका लागि हामी यी कुरामा ध्यान दिन सक्छौँ :
एंकल लेन्थ पाइन्ट विथ ज्याकेट
यो अहिले चलेको ड्रेसमध्ये एक हो । मौसमअनुसार उपयुक्त पहिरन पनि हो । गर्मी र पानी पर्ने मौसमका लागि एंकल लेन्थ पाइन्टको डिजाइन गरिएको हो ।
 पेन्ट हल्का चुज हुन्छ । विभिन्न रङ, आफूलाई मन पर्ने कपडामा प्रिन्ट हानेर पनि बनाउन सकिन्छ । यो लगाउन शीतल र सहज हुन्छ । यस्तो ड्रेसले व्यक्तित्वमा पनि निखारता दिन्छ ।
कुर्ती–प्लाजो
नेपाली समाजमा पाइन्ट, वानपिस लगाउन नरुचाउने महिलाको संख्या पनि उत्तिकै छ । साडी र कुर्ता मात्रै लगाउन रुचाउनेका लागि पनि विभिन्न डिजाइनमा कुर्ता, कुर्तीहरू उपलब्ध छन् । 
जसले फेसनेबल देखाउनुको साथै लगाउन पनि सहज हुन्छ । त्यस्तै कुर्ती–प्लाजो पनि उपयुक्त हुन्छ । अहिले चलेको प्लाजो केही वर्षअघि चलेकोभन्दा फरक छ । 
जुन फ्लेयर प्लाजो हो । पहिलाकोे प्लाजो सिम्पल माथिदेखि तलसम्म एकै साइजको हुन्थ्यो भने अहिलेको फ्लेयरवाला छ । सामान्य हेर्दा स्कर्टजस्तो देखिन्छ ।
गर्मी मौसममा वानपिस उपयुक्त ड्रेस हो ।  आफ्नो शारीरिक बनावटलाई सुहाउँदो डिजाइनको वानपिस लगाउँदा व्यक्तित्वमा पनि फरक पार्छ ।
वानपिस
गर्मी मौसममा वानपिस उपयुक्त ड्रेस हो । आफ्नो शारीरिक बनावटलाई सुहाउँदो डिजाइनको वानपिस लगाउँदा व्यक्तित्वमा पनि फरक पार्छ । नी–लेन्थ अथवा एंकल–लेन्थ वानपिस लगाउन सकिन्छ । यस्तो ड्रेसले कुल एन्ड फेसनेबल लुक्स दिन्छ ।
फ्रिल साडी
हाम्रो समाजमा कोही साडी मात्रै लगाउने महिला पनि हुनुहुन्छ । उहाँहरू साडीमा मात्रै आफूलाई सहज महसुस गर्नुहुन्छ । उहाँहरूका लागि पनि मौसमअनुसारको साडी र ब्लाउज विभिन्न डिजाइनमा आउँछ । 
अहिले फ्रिल साडी चलेको छ । हल्का रङको सिल्क, जर्जेट, लिनेन कपडामा रङ मिलाएर डिजाइन गरिएको फ्रिल साडी फेसनेबल देखिन्छ ।

कमेन्ट लोड गर्नुस