धनगढीको मोहना छठी घाटमा अस्ताउँदो सूर्यलाई अघ्र्य
कोरोना महामारीको जोखिमकाबीच पनि धनगढीमा छठ पर्व मनाईएको छ ।
छठ पर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अघ्र्य दिदै मोहना छठी घाटमा पर्व मनाईएको हो । संक्रमणको जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले भीडभाड नगर्न निर्देशन दिएको भएपनि मोहना नदी किनारमा भेला भएका स्थानीयले विधिवत रुपमा सुर्यलाई अध्र्य दिएर छठ पर्व मनाएका हुन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको आज मुख्य दिन अस्ताउँदो सुर्यलाई अघ्र्य दिएईपनि भोली बिहान उदाउँदो सूर्यलाई अध्र्य दिदै छठ पर्वको अन्त्य गरिनेछ ।
औपचारिक रुपमा छठ पर्व मनाएको भएपनि मोहना छठी घाट कोरोनाको जोखिमका कारण गतविगतका वर्षझै झकिझकाउ भने गरिएको थिएन । घाटमा पुगेर विधिअनुसार सामान्य पुजाआजा मात्र गरिएको छठ सेवा समितिले जनाएको छ ।
कमेन्ट लोड गर्नुस