सुदूर नेपाललाई विश्वसँग जोड्दै

ब्युटी प्रडक्ट खरिद गर्नुअघि…

२०७५ भदौ ६, ०७:३३

  पछिल्लो समय ब्युटी प्रडक्टको अत्यधिक प्रयोग हुने गर्छ । जसले गर्दा यसको बिक्री पनि व्यापक बढेको पाइन्छ । किनकि, मानिसलाई राम्रो र फेसनेबल देखिनु छ । 
त्यसका लागि प्रायः मानिसले कुनै न कुनै प्रकारका ब्युटी प्रडक्ट प्रयोग गरेको पाइन्छ । तर, यसको खरिदमा भने विशेष ध्यान पु-याउन आवश्यक हुन्छ । 
गलत ब्युटी प्रडक्टको प्रयोगले राम्रो हुनुको साटो झन् छालासम्बन्धी दीर्घकालीन समस्याबाट पीडित हुने सम्भावना अत्यधिक हुन्छ ।
पछिल्लो समय ब्युटी प्रडक्टको अत्यधिक प्रयोग हुने गर्छ । जसले गर्दा यसको बिक्री पनि व्यापक बढेको पाइन्छ । किनकि, मानिसलाई राम्रो र फेसनेबल देखिनु छ ।
त्यसका लागि प्रायः मानिसले कुनै न कुनै प्रकारका ब्युटी प्रडक्ट प्रयोग गरेको पाइन्छ । तर, यसको खरिदमा भने विशेष ध्यान पु-याउन आवश्यक हुन्छ । 
गलत ब्युटी प्रडक्टको प्रयोगले राम्रो हुनुको साटो झन् छालासम्बन्धी दीर्घकालीन समस्याबाट पीडित हुने सम्भावना अत्यधिक हुन्छ ।
अहिले प्रायः कम्पनीले आफ्ना उत्पादन र त्यसका विशेषताबारे जानकारी दिनका लागि वेबसाइटको निर्माण गरेका हुन्छन् । त्यसैले कुनै पनि प्रडक्टको खरिद गर्नुअघि त्यसबारे अनलाइनमा राम्रोसँग अध्ययन गर्न या त्यसको जानकारी लिन सकिन्छ । 
यस्तो जानकारीले ब्रान्डबारे जानकारी लिन पनि सहज हुन्छ । हुन त सेल्स पर्सनले पनि केही जानकारी दिने गर्छन् । तर, आफैँले खोजेर वेबसाइटबाट लिएको जानकारी त्योभन्दा कैयौँ गुणा बढी प्रभावकारी हुने गर्छ । यसबाट थप महŒवपूर्ण जानकारी पनि लिन सकिन्छ ।
प्रडक्ट छनोट गर्नुअघि फरक–फरक ब्रान्डको वेबसाइट भिजिट गर्दा राम्रो हुन्छ । यसो गर्दा एउटा त प्रशस्त विकल्प हुन्छ, अर्को कुरा त्यसको मूल्यबारे पनि राम्रो जानकारी हुन्छ । त्यसपछि आफूलाई उपयुक्त लाग्ने र राम्रो प्रडक्ट पनि सुपथ मूल्यमै प्राप्त गर्न सकिन्छ । 
यसरी सूचना प्रविधिको प्रयोगबाट गलत कस्मेटिक प्रडक्ट छनोटबाट बच्न सकिन्छ ।
बजारमा सौन्दर्य सामग्रीको छनोट गर्दा प्याकेट या बट्टामा टाँसिएको लेबलको पनि राम्रोसँग परीक्षण गर्न बिर्सनुहुँदैन । यदि पाउडर फर्ममा रहेको कस्मेटिक सामग्री छनोट गर्दै हुनुहुन्छ भने त्यसले छालामा पार्ने हानि कम हुन सक्छ ।
 यसका साथै सामग्री किनेलगत्तै उत्पादन मिति, त्यसको उपयुक्त प्रयोगविधिबारे पनि पूर्ण जानकारी लिन जरुरी हुन्छ । यसरी सामग्री प्रयोग गर्दा हुने छालासम्बन्धी साइड इफेक्ट कम भएर जाने गर्छ ।
बजारमा सयौँ कस्मेटिक ब्रान्ड उपलब्ध छन् । जसले गर्दा छनोटका विकल्प पनि प्रशस्त छन् । यद्यपि, आफ्नो स्किनको जाँच गराएर त्यहीअनुसारका मेकअप सामग्री छनोट गर्दा राम्रो हुन्छ । यो नै खरिदमा हुने ठूलो चुनौती हो ।
 त्यसैले आफ्नो बजेट र स्किन टोनलाई ध्यानमा राखेर प्रडक्ट छनोट गर्न जरुरी हुन्छ । यसका लागि सौन्दर्यविज्ञसँग सल्लाह लिँदा राम्रो हुन्छ ।
लिपस्टिक तथा नेलपोलिस खरिद गर्दा त्यसलाई चेक गर्ने टेस्टर पनि सहजै प्राप्त गर्न सकिन्छ । तर, फाउन्डेसनजस्ता केही प्रडक्ट जाँच गर्न भने सजिलो हुँदैन ।
त्यसैले आफूले निरन्तर प्रयोग गरिरहेको कन्सिलर वा प्यानकेक साथमा बोक्दा राम्रो हुन्छ । यसले अन्य प्रडक्ट खरिद गर्न पनि निकै सहज हुन्छ ।
सौन्दर्य सामग्री खरिद गर्नुअघि स्किन टाइपबारे पनि जानकारी राख्नु राम्रो हुन्छ । जस्तो कि आयली स्किनका लागि फाउन्डेसन किन्दै हुनुहुन्छ भने म्याट, आयल फ्री या साइन फ्री प्रडक्ट छनोट गर्दा राम्रो हुन्छ । 
त्यस्तै, सुक्खा छाला भएका मानिसले हाइड्रेटिङ या मोस्चराइजिङ क्वालिटीको प्रयोग गर्न राम्रो हुन्छ ।

कमेन्ट लोड गर्नुस