सुदूर नेपाललाई विश्वसँग जोड्दै

नयाँ ऐनको विरोधमा चिकित्सकद्धारा सेवा ठप्प (भिडियो सहित)

चरणवद्ध आन्दोलनमा रहेका चिकित्सले गरे ऐन हेरफेरको माग 

२०७५ भदौ १७, १०:१९

नयाँ ऐनका कारण डाक्टरहरुले पलायन हुनुपर्ने भन्दै उनीहरुले आफ्नो लाईसेन्स नेपाल मेडिकल काउन्सिलमा बुझाएका छन । ऐनले डाक्टरको पेशालाई थप असुरक्षित बनाएको भन्दै विरोध गरिरहेका छन । ऐनमा विरामी मरेमा डाक्टरले मारे सहन हुने भनेपछि चिकित्सक सशंकित भएका हुन । ६ हजार लाईसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएका उनीहरुले आज जिल्ला प्रशासन कार्यालय कैलाली मार्फत गृह मन्त्रालयमा मुलुकी ऐनको हेरफेरका लाागि भन्दै ज्ञापनपत्र बुझाएका छन । 
प्रदेश नम्बर ७ को मेडीकल मवको रुपमा विकास भैरहेको धनगढीका चिकित्सकहरुले नयाँ ऐनले पलायनको हुनु पर्ने अवूथा आएको बताएका हुन । नेपाल चिकित्सक संघले ६ हजार लााईसेन्स नेपाल मेडिकल काउन्सिललाई बुझाएको नेपाल चिकित्सक संघ कैलालीका अध्यक्ष डाक्टर प्रमोद जोशीले वताए । 
डाक्टरहरुको आन्दोलनका कारण प्रदेश नम्बर ७ सहित देशभरका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प छन । सेती अञ्चल अस्पतालमा समेत आईतबार  डाक्टरहरुले बिरामीको उपचार गरेनन् । मनोवल कमम्जोर पर्ने गरी ल्याइएको मुलुकी ऐनले बिचल्ली भएकोले त्यसको हेरफेर गर्न सरकारलाई आग्रह गरेको नेपाल चिकित्सक संघका सचिब प्रदीप मिश्रले वताए । 
नयाँ मुलुकी ऐनमा बिरामीको उपचारमा लापर्वाही गर्ने चिकित्सकलाई ५ वर्ष जेल सजाय र ५० हजार रुपैयाँसम्मको जरिवाना गरिने व्यवस्था गरिएपछि डाक्टरहरुले जोखिम लिएर बिरामीलाई बचाउन नसकिने र डाक्टर नेपालबाट पलाएन हुने भन्दै आन्दोलित भएका हुन । 

कमेन्ट लोड गर्नुस