सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा पहिलो पटक ठुलो शल्यक्रिया

२०७५ भदौ २२, ११:०८

जिल्ला अस्पताल बाजुराले पहिलो पटक ठुलो शल्यक्रिया भएको छ । गौमुल गाँउपालिका– ४ कि ३६ बर्षिय रितु रोकायाको आन्द्राको अप्रेशन गरिएको हो । सानो आन्द्रामा घाउ भएकी उनलाई अस्पतालमा जीवन मरणको दोसाधमा पु¥याएको थियो । सुविधा सम्पन्न अस्पतालमा लैजादासम्म बाँच्न सक्ने आशा कम थियो । अर्को तर्फ साँफे मार्तडी सडक पनि अवरोध थियो । उनलाई बचाउन सकिन्छ कि भनेर जिल्ला अस्पतालमै शल्यक्रिया ग¥र्यौ, उनलाई बचाउन सफल बन्यौ शल्यक्रियामा संग्लन डा. दुर्गा महर्जनले वताए । 

शहर बजारमा पनि ठुलो अस्पतालले गर्ने शल्यक्रिया हो, त्यसैमा यो अप्रेशन खर्च र अन्य खर्च गरेर चार पाँच लाख भन्दा बढि खर्च हुने उनले बताए । तर जिल्ला अस्पताल बाजुराले पाँच हजारमा यो शल्यक्रिया गरेको बताए । यो पनि सामान्य अप्रेशनका बेला सामानको शुल्क मात्र रहेको वताए । अप्रेशन डा. दुर्गा महर्जन र डा. टिका राई लगायत स्वास्थ्यकर्मीले ५ घण्टा लगाएर अप्रेशन सफल पारेको डा. टिका राईले वताए । यो अप्रेशन बाजुरामा भएको सबैभन्दा ठुलो अप्रेशन हो, अप्रेशन गर्न धेरै समय लागेको वताए । आन्द्रामा घाउ परेर पुरै पिप जमेर संक्रमण फैलिसकेको थियो, निकै गाहे भएको थियो सबैको सहयोगमा अप्रेशन सफल भयो– डा. राईले भने । 

कमेन्ट लोड गर्नुस