असहाय बालवालिकालाई सहयोग गर्न वेलायतमा अभियान
बाजुराको बडीमालिका नगरपालिका ५ मना गाउँका बिच्चली पाँच भाइबहिनीका लागि सहयोग जुट्न सुरु भएको छ । बाबुको क्यान्सरका कारण मृत्यु र आमाले पनि छोडेर अरुसंग गएपछि पाँच वालवालिका बिचल्लीमा परेका थिए । ति बालवालिकाहरुका लागि अहिले देश तथा विदेशबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।
बाजुराको बडिमालिका–५ मना गाँउका पाँच जना बालबालिका अभिभावक बिहिन भई बिचल्लीमा परेको खबर मिडिया तथा सामाजिक सञ्जाल आएपछि अहिले देश तथा विदेशबाट विचल्लीमा परेका बालवालिकाकाहरुका लागि सहयोग जुट्ने क्रम जारी रहेको छ । यी अलपत्र वालवालिकाको सहयोगका लागि ईशा गुरुङले बेलायतबाट बिश्वरभरी सहयोगका लागि अभियान चलाएकी छन् । बेलायतमा समाजिक सेवामा लागि परेकी ईशा गुरुङले अलपत्र परेका पाँच बालवालिकाहरुका लागि गाँस, बास जुटाउन सहयोगको अभियान चलाईरहेकी छिन् । उनले आफ्नो सामाजिक संजाल मार्फत अभियान चलाएकी हुन् । गुरुङ्गले आफ्नो सामाजिक संजाल मार्फत २ लाख १ हजार भन्दा बढी रकम संकलन भएको र अझै रकम संकलन हुने क्रम जारी रहेको बताएकी छन् । त्यस्तै नेपालमा पनि सामाजिक अभियान्ता खुशी राईले सहयोगका लागि विभिन्न ठाउँमा समन्वय गरिरहेकी छिन ।
त्यस्तै बडिमालिका नगरपालिका उपप्रमुख कबिता बिष्टले तिजको खर्च कटाएर ती वालवालिका लागि १० हजार दिएकी छन् । तीन वर्षअघि मनाका रामबहादुर साउदको क्यान्सरका कारण ४३ वर्षको उमेरमा मृत्यु भएको थियो । पतिको मृत्यु भएको १० महिना नपुग्दै पत्नी बिर्मा साउदले अर्को विवाह गरेपछि पाँच भाईबहिनी विचल्लीमा परेका थिए । अहिले रामबहादुर र बिर्माका छोराछोरी १३ वर्षीय पार्वती, ११ वर्षीया सोबिना, ९ वर्षीया अस्मिता, ७ वर्षीय सुवास र ४ वर्षीय रोशन बेवारिसे जस्तै भएका छन् ।
यो पनि पढ्नुहोस ।
अस्पताल जान्छु भनेर गएकी आमा नफर्किदा (भिडियो सहित)
बुबाको मृत्यु र आमाले अर्को बिहे गरेपछि पाँच भाई बहिनी बिच्चलीमा