सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुरबिनवाट एपेन्डिक्स शल्यक्रिया सुरु

२०७५ भदौ २९, ०३:०९

धनगढी उपमहानगरपालिका वडा नम्वर ३ चटकपुर स्थित माया मेट्रो अस्पतालमा दुरबिवनवाट एपेन्डिक्स शल्यक्रिया सेवा सुरु भएको छ । पहिलो पटक प्रदेश नम्वर ७ मा माया मेट्रो हस्पिटलमा दुरबिनको प्राविधि बाट एपेन्डिक्स सल्यक्रिया सुरु भएको हो । 

धरान स्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काम गरेर हाल साे अस्पतालमा कायरत डाक्टर विनय तिमिल्सिना नेतृत्वको टीमले सफल शल्यक्रिया गरेको हो । अछामको साफेंबगर नगरपालिका ७ घर भएर हाल धनगढीको उत्तर वेहडीमा वस्दै आएका १३ बर्षीय प्रशान्त खवासको दुरबिवनवाट एपेन्डिक्स शल्यक्रिया गरिएको अस्पतालका अध्यक्ष धिरेन्द्र साउँदले जानकारी दिए । 


एपेन्डिक्सका साथै पित्तथैली तथा हर्नियाको अप्रेसन पनि बिना ठुलो घाउ पारि दुरबिन प्राविधिबाट गर्न सकिने अस्पतालले जनाएको छ ।  पेट, स्तन क्यान्सर लगायत सल्यक्रियाको उपचार पसेवा पनि दिदै आएको अस्पतालका अध्यक्ष साउँदले वताए । 
कमेन्ट लोड गर्नुस