महिनावारीमा प्याडको विकल्प कप, कसरी लगाउने
महिनावारी भएका किशोरी वा महिलालाई निकै नै गाह्रो हुन्छ । प्रायःले यस्तो बेला प्याड प्रयोग गर्ने गर्छन। अब भने विकल्पको रूपमा ‘मेन्सट्रुवल कप’ आएको छ । यो प्याडभन्दा निकै नै सजिलो र स्वास्थ्यका हिसाबले राम्रो मानिन्छ। यो कप सुरुमा लाउँदा तपाईंलाई अलि अप्ठेरो र हल्का दुखे जस्तो होला तर पछि सजिलो र आरामदायी महसुस गराउँछ। यस कपलाई ४ देखि १० घन्टा लगाइसकेपछि फेरि राम्ररी धोएर प्रयोग गर्न सकिन्छ। यसलाई दिनमा तीन–चारचोटि धुनुपर्छ । सुरुमा प्रयोग गर्नुभन्दा पहिले राम्ररी तीन मिनेटजति उमाल्नुपर्छ र सफा ठाउँमा सुरक्षित राख्नुपर्छ। यो कप प्याडभन्दा किफायती, आरामदायी, हाइजिनिक अनि वातावरणमैत्री रहेको छ । उमेर अनुसार कपको साइज पनि फरक हुन्छ।