महिलाको हत्या गरी मुटु निकालेर आलुसँग पकाएर खाएपछि...
अमेरिकाको ओक्लाहोमामा एकजना व्यक्तिले छिमेकी महिलाको हत्या गरी मुटु निकालेर आलुसँगै पकाएर खाएका छन् ।
ती व्यक्तिले छिमेकी महिलाको हत्या गरेर मुटु बाहिर निकाले । त्यसपछि निकालिएको मुटु लिएर आफ्नो घरमा गई आलुको तरकारीसँगै पकाए । त्यो तरकारी उनले परिवारका अन्य दुईजना सदस्यलाई पनि खान दिए । त्यसपछि उनले परिवारका ती दुई सदस्यको समेत हत्या गरे ।
यो जघन्य अपराधका विषयमा अमेरिकी पुलिसले हाल अनुसन्धान गरिरहेको छ । लरेन्स पल एन्डरसन नामका ती पुरुषले ओक्लाहामा सिटीको दक्षिण पश्चिमस्थित चिकशामा बस्ने आफ्नी छिमेकी एन्ड्रिया लिन ब्लेंकेनसीपको उनकै घरमा गएर हत्या गरे ।
हत्यापछि उनले ती महिलाको पनि मुटु बाहिर निकाले । सो मुटु घरमा ल्याएर उनले आलुको तरकारीसँगै पकाए । त्यो तरकारी उनले आफ्ना काका काकीलाई खान दिए र उनले आफ्ना काका र उनकी चार वर्षकी छोरीको पनि हत्या गरिदिए । -एजेन्सी