अछाममा भीरबाट लडेर घाइते भएकी महिलाको मृत्यु
२०७७ चैत्र १२, ०५:१३
अछाम: अछाममा भीरबाट लडेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ।
जिल्लाको मेल्लेख गाउँपालिका–८ हात्तिकोटकी ४४ वर्षीया भानादेवी ठकुल्लाको उपचारको क्रममा काठमाण्डौँमा ज्यान गएको मृतकका श्रीमान वीरबहादुर ठकुल्लाले बताए।
यही चैत ७ गते घर नजिकैको गणेलदेव जंगलबाट स्याउँला ल्याउने क्रममा भीरबाट लडेर उनी घाइते भएकी थिइन्।
त्यसपछि भानादेवीको वयालपाटा अस्पताल, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर हुँदै काठमाण्डौँ वीर अस्पतालमा उपचारका लागि लगिएको थियो।
कमेन्ट लोड गर्नुस