१५ सय जनाको स्वास्थ्य परीक्षण
सप्तरीको सप्तकोशी नगरपालिका–२ स्थित फत्तेपुरमा शनिबार आयोजित एकदिने स्वास्थ्य शिविरमा एक हजार ५ सय को स्वास्थ्य परीक्षण गरिएको छ। न्यूरोलोजिस्ट डा वीरेन्द्र विष्ट, न्यूरोसर्जन डा यमबहादुर राना, हाड जोर्नी डा नवीन कर्ण, डा सुदीप खनिया, डा समर्थ सिंह, डा राजीव श्रेष्ठ, केशरबहादुर गुरुङ, फिजिसियन डा नारायणी रोका, आँखा रोग डा रेनुका राठी, स्त्री तथा प्रसूति रोग डा सुरेशप्रसाद साह, बालबालिका डा अमितप्रताप साह, दन्त रोगलगायतकाले उक्त ठाउँमा सेवा प्रदान गरिएको न्यूरो अस्पतालका प्रमुख वीरेन्द्र विष्टले बताए। न्यूरो अस्पताल विराटनगरको प्राविधिक सहयोग तथा सप्तकोशी नगरपालिकाले आयोजना गरेको स्वास्थ्य शिविरमा एक हजार ५०० सर्वसाधारणको निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै निःशुल्क औषधिसमेत वितरण गरिएको छ ।