सुदूर नेपाललाई विश्वसँग जोड्दै

अनमोलको ‘माइतीघर २’ का निर्देशक चोपडाको मृत्यु

२०७८ जेठ १, ०५:१७ खबर संवाददाता

काठमाडौं: चलचित्र ‘माइतीघर २’का निर्देशक सुवोध चोपडाको मृत्यु भएको छ।

नायक भूवन केसीले निर्माण गर्ने भनिएको उक्त चलचित्रका निर्देशक चोपडाको शुक्रबार मुम्बइमा मृत्यु भएको निर्माता केसीले बताएका हुन्। उनका अनुसार निर्देशक चोपडालाई कोरोना संक्रमण भएर केही दिनअघि मात्रै निको भएको थियो।

अब ‘माइतीघर २’लाई उत्कृष्ट बनाउने सुवोधको सपना दि सुपर काजोल फिल्मस्ले पुरा गर्ने पनि बताइएको छ। चलचित्र ‘माइतीघर’ वि.सं २०२३ मा निर्माण भएको थियो। सन् १९९७ देखि चलचित्रमा सक्रिय रहेका चोपडाले ‘मर्डर, रोग, तुमसा नहीँ देखा’ लगायतका चलचित्रको स्क्रिप्ट लेखेका थिए।

कमेन्ट लोड गर्नुस