एचआइभी सङ्क्रमितहरु अझै खुल्न चाहँदैनन्
फलेवास नगरपालिका निवासी २० वर्षीय एक युवक स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छन। उनी एचआइभी सङ्क्रमित युवा हुन। उनी यसबारे कसैसँग पनि खुलेर कुरा गर्न चाहँदैन। आफू एचआइभी सङ्क्रमित भएको थाहा पाएपछि समाजले आफूप्रति हेर्ने दृष्टिकोण परिवर्तन गर्छ भन्ने डरले उनी खुल्न नसकेको बताउछन। यस्तै, फलेवास नगरपालिकाभित्रैका वर्ष २९ का अर्का एक युवक पनि समाजले सङ्क्रमितहरुप्रति गर्ने व्यवहार पेचिलो भएका कारण आफू जस्तै साथीहरु खुल्न र सहज ढङ्गबाट प्रस्तुत हुन नसकेको बताउछन।