सुदूर नेपाललाई विश्वसँग जोड्दै

आँसु पुछ्नलाई तिमी आउनुपर्छ (मुक्तक)

२०७८ जेठ ३१, ०३:४६

मनसुनमा रुझ्नलाई तिमी आउनुपर्छ,
प्रेमको भाषा बुझ्नलाई तिमी आउनुपर्छ 
कुनै दिन मैले आँसु  झारेछु भने,
मेरा आँसु पुछ्नलाई तिमी आउनुपर्छ !!

पिज्जा खाउला, बर्गर खाँउला तिमी आएपछि,
मुटु   साँटेर   प्रेम   लाउँला  तिमी   आएपछी !
मीठो खाँउला राम्रो लाउंला हिंड्दा हिंड्दै हामी,
संसार   घुम्न   संगै   जाउँला  तिमी  आयपछी !!

बाली राम्रो नफलेको, खेती बिग्रेर हो, 
मान्छे  काम  नलाग्ने, मति बिग्रेर हो !
हाम्रो देश किन यस्तो संकटमा थाहा छ ? 
देश हाँक्नेहरुको, नियती बिग्रेर हो !!

फेसबुकमा  उनलाई साथी बनाए, 
मेसेन्जरमा सबै भन्दामाथि बनाए !
मुटु भन्ने चिज, राउटर बनेपछि प्रेमको
हामी बिचको कनेक्सन जाती बनाए !!!

-लेखकः यायावर जी
 

कमेन्ट लोड गर्नुस