सुदूर नेपाललाई विश्वसँग जोड्दै

गायक दीप श्रेष्ठलाई संगीतकार संघद्वारा २ लाख सहयोग

२०७८ जेठ ३१, ०३:५९ खबर संवाददाता

काठमाडौं: गायक तथा संगीतकार दीप श्रेष्ठलाई संगीतकार संघ नेपालले २ लाख सहयोग गरेको छ।

श्रेष्ठ कोरोना संक्रमणबाट मुक्त भएर फर्किएका उनीमा अक्सिजन लेबल कम भएको थियो। त्यसपछि उनलाई ह्याम्स अस्पताल भर्ना गरिएको थियो।

उनको उपचारका लागि भन्दै संगीतकार संघले सोमबार २ लाखको चेक हस्तान्तरण गरेको संगीकार संघका सचिव सुदाम थापाले बताए। उनले संघ र आफ्नो तर्फबाट श्रेष्ठको स्वास्थ्य लाभको कामना समेत गरेका छन्।

कमेन्ट लोड गर्नुस