ड्रग्स पार्टी गरिरहेकी अभिनेत्री पक्राउ
एजेन्सी : एक बलिउड अभिनेत्री पक्राउ परेकी छिन्। मुम्बईमा आफ्नो जन्मदिनमा ड्रग्स पार्टीको आयोजना गरेकी नाइरा नेहल शाह पक्राउ परेकी हुन्।
पाँचतारे होटलमा छापा मारेको प्रहरीले बलिउडमा साना भूमिका निभाउने अभिनेत्री र उनका साथीहरुलाई ड्रग्स सेवन गर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरिएको थियो।
प्रहरीले पार्टीमा उपस्थित अभिनेत्री नेहल र उनका साथी आशिक हुसैनलाई पक्राउ गरको हो।
नाइरा नेहल शाहले दुईवटा तेलुगु फिल्ममा काम गरिसकेकी छिन्।