सुदूर नेपाललाई विश्वसँग जोड्दै

हेराइ हत्केलाको (कविता)

२०७८ असार ४, ११:०५

प्रिय साथी जीवन एउटा बहुरुपी ऐना
अपरिचित पर्खिरहने बेहोस छिन् नैना
हस्त धर्का भविष्यको बाजे अर्थी बेग्लै 
जे लेखेनी जे पढेनी बेहर्नुछ एक्लै ।

दोषी हैन हत्केला अनुमान कति मिल्छ
बेखबर छुट्टिए नि बारुलो बनि अति चिल्छ
आहा१ कति सुन्दर रेखाहरु भाग्य चहकिलो
बाजे बक्छन् मृदुल स्वरमा शैली गहकिलो।

जानी बुझे अमृत सरि स्पर्शको हस्त
मनशान्ती गरिदिने मनोवैज्ञानिक मस्त
गणितीय सुत्र जस्तै बगिदिने चञ्चल छ मन
लुटेको चाँहि हुँदै होइन चलाको चाँहि तन।

पल्लो गाउँको केवल दाइको दर्पण चिना दिइयो
सोधपुछ गरि हदैसम्म बाजेको नि मनसाय लिइयो
पुर्वजले मानि आको हामीले नि मान्ने
बेठीक हैन भनेर जानेलाई नि किन हामीले तान्ने।

मान बहादुर जोरा
उप-प्राध्यापक, कैलाली बहुमुखी क्याम्पस, धनगढी।

कमेन्ट लोड गर्नुस