२४ औ राष्ट्रिय कण्डम दिवस: २ हजार ७ सय कण्डम वितरण
कैलाली सहित देशभरी २४ औं राष्ट्रिय कण्डम दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयको कैलाली स्वास्थ्य कार्यालयको आयोजना र एएचएफ नेपालसहित विभिन्न संघ-संस्थाको सहयोगमा धनगढीको गौरिफण्टा नाकामा आवत जावत गर्ने २० जनाको रगत परिक्षण गरिएको छ।
नाकाबाट आवत जानत गर्ने तथा सवारी चालकहरुलाई दुई हजार सात सय कण्डम वितरण गरिएको छ। ‘दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं’ भन्ने नाराका साथ दिवस मनाईएको हो। कार्यक्रमको उद्घाटन गर्दै स्वास्थ्य कार्यालय कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईले एचआईभी रोग सर्ने दर कम भइरहेको बताए। उनले एचआईभी पीडितको संख्या घटाउन सुरक्षीत यौन सम्पर्कका लागि कण्डम लगायतका अस्थायी साधनको प्रयोग गर्न जरुरी रहेको बताए । नेपालमा कण्डम लगायत अन्य साधनहरु प्रयोग गर्नेहरु करिव ४६ प्रतिशत रहेको । आर्थिक वर्ष ०७३-७४ मा कण्डमको प्रयोग दर २९ प्रतिशत रहेको छ ।