सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहे गरिसकेपछि गायन क्षेत्रमा झन सहज भयोः गायिका भट्ट

२०७८ असार ११, ०२:३९

धनगढीः गायिका गौरी भट्टसँग दिनेश एफएफका कार्यक्रम सञ्चालक पदम जोशीले कुराकानी गरेका छन्। कार्यक्रम प्रभात विर्मसको सम्पादित संक्षिप्त अंश यहाँ प्रस्तुत गरेका छौं। 

तपाई गायन क्षेत्रतिर कहिले र कसरी प्रवेश गर्नुभयो ?
डडेल्धुराको आलिताल गाउँपालिकामा म जन्मेकी हु। बाल्यकालको ५/७ वर्ष त्यही हुर्किए। त्यसपछि बसाई सरेर कञ्चनपुरको हालकोे कृष्णपुर नगरपालिकामा आयौं। र अहिले भने धनगढीमा बसाई छ।

स्टूडियोमा कसरी गीत गाउने, कसरी सुनाउने केही पनि थाहा थिएन। तर पनि कलाकार बन्छु भन्ने सपना चाहिँ मनमा थियो। कलेज पढ्दा एक जना मिल्ने साथी गीता साउँद भन्ने थिइन्। 

उनका दाईले एल्बम् निकाल्ने तयारी गर्नुभएको रहेछन्। लालबहादुर साउँद दाईलाई  गौरीको स्वर राम्रो छ भनेर गीताले भनिसकेपछि पहिलो गित रेकर्ड गर्ने अवसर पाएकी थिएँ। २०७२ फागुन ५ गते शिवरात्रीको दिन थियो। ओम डिजिटल प्रालि अत्तरियामा भोकल दिएपछि यो मान्छेले गाउनसक्छ भन्ने सबैले भनेका थिए।  

त्यसपछि मेरो औपचारिक गायन यात्रा सुुरु भएको थियो। त्यसपछि दिन–दिनै नयाँ गीतहरुमा पनि अफरहरु पाउदै गए। गाउदै गएपछि यात्रा अगाडी बढ्दै गयो। 

अहिलेसम्म कति जति गीत गाउनु भयो ?
पहिला सबैजसो गीतलाई दैनिक रुपमा डायरीमा नोट गर्थे तर भारत टूरमा जाँदा डायरी नै हराइदियो। त्यसपछि गिन्ती नै भएन। लगभग ६/७ सय जति भन्दा बढी नै गाएहुँला। 

स्रोता दर्शकको प्रतिक्रिया के कस्तो आउछन् ? कस्तो गीतको बढी माग र अफर छ ? 
प्रायजसोले मलाई तपाईको स्वर सेन्टिमेन्टलमा बढी सुहाँउछ, राम्रो हुन्छ भन्नुहुन्छ। तर कहिलेकाहीँ नाच्ने खाले गीत पनि गाउनुपर्छ र म सबैखाले गीत गाउने प्रयासमा छु। अगाडी बढ्नुुस, राम्रो गर्नुस् स्रोता दर्शक, सर्जकहरुको प्रतिक्रिया सुझाव सल्लाह पनि छ। 

नयाँ शैलीका गीत गाउन कतिको चुनौती महसुस गर्नुहुन्छ ?
गाउनु मलाई त्यस्तो लाग्दैन। देउडासँगै मैले दोहरी गीतहरु पनि गाएकी छु। एकदमै चुनौती पूर्ण यो मैले सकेको भए हुन्थो जस्तो त केहीपनि लाग्दैनै। एउटा गाउने मान्छेले सबै खाले गीत गाउनुपर्छ भन्ने हा।े त्यो प्रयास मैले पनि गरिरहेकी छु। 

डान्सिङ गीत दोहोरी गीत गाइसकेकी छु। तर क्लासिकलका लागि त साधना धेरै नै चाहिन्छ, गाउन त कलास लिनु नै पर्छ।

‘रियालिटी शो’ हरुप्रति के छ धारणा ?
सांगीतिक शो लगभग सबै हेर्छु नै। मन पनि पर्छन्। सबैसँग चिनिने मौका यहाँबाट प्राप्त हुन्छ। खुबी भएको मान्छे त्यसरी देख्दा उनीहरुले अवसर पाउदा खुसी नै लाग्छ।

अब अगामी यात्रालाई कसरी अगाडी बढाउने ?
पहिलोचोटी हुड्क्यौली गीत गाएकी छु। त्यो केही समयपछि नै आउदैछ। नयाँ गीत स्रोताहरुले चाहेका जस्तै बजारमा ल्याउने प्रयास गरिरहेकी छु।  परिवारको सवालमा म एक विवाहित नारी हु। परिवारिक सहयोग राम्रै पाइरहेकी छु। 

गायन क्षेत्रमा विवाह गरिसकेपछि झन सहज भयो। हाम्रो समाज विवाहित नारीलाई बढी सम्मानले हेर्ने छ। समग्रमा स्रोता दर्शक अनि सर्जकहरुको पनि राम्रै माया पाइरहेकी छु। 

 
 

कमेन्ट लोड गर्नुस