लागूऔषधसहित नायिका पक्राउ
काठमाडौं: प्रहरीले पार्टीमा छापा हान्दा एक बलिवुड नायिका पक्राउ परेकी छिन्।
भारतको नासिकको इगतपुरीमा रेव पार्टीमा छापा मार्दा प्रहरीले लागूऔषध लिइरहेका २२ जनालाई पक्राउ गरेको हो। तीमध्ये मराठी चलचित्रकी नायिका हीना पांचाल पनि सामेल रहेकी छिन्।
पुलिसले क्यामेरा, ट्राइपोड, कोकिन, हुक्कासहित लागूऔषध तथा रुपैयाँ नियन्त्रणमा लिएको छ।
पांचालले हिन्दी तथा मराठी चलचित्रमा काम गरिसकेकी छिन्।