'टाइगर ३' को सुटिङका लागि विदेश जाँदै सलमान
काठमाडौँ: बलिउड स्टार सलमान खान टाइगर ३ को सुटिङका लागि विदेश जाँदै छन्।
यशराज प्रोडक्सनको ब्यानरमा निर्माण भइरहेको यस फिल्मका मुख्य दृश्यहरु युरोपका विभिन्न ठाउँमा खिचिने बताइएको छ। निर्माण टीमसहित अभिनेता सलमान र अभिनेत्री कटरीना कैफ अगस्टको दोस्रो हप्ता विदेश जाने भएका हुन्।
आदित्य चोपडाको यो फिल्ममा इमरान हाशमी पनि प्रमुख भूमिकामा देखिने छन्। मार्चमा मुम्बइमा सुरु भएको फिल्मको सुटिङ कोरोना महामारीका कारण रोकिएको थियो।