कैलालीमा लाखौँ अनुदान पाएर काम नगरेका फर्मलाई प्रदेश सरकारले छुट्यायो ५ करोड
प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट अनुदान बुझेर काम नगरेका कृषि फर्मलाई सुदूरपश्चिम सरकारले करोडौँ बजेट विनियोजन गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाबाट प्राङगारिक तथा जैविक मल कारखाना स्थापनाका लागि १९ लाख ५५ हजार अनुदान पाएको सुदूरपश्चिम मोहन्याल कृषि तथा पशुपालन व्यवसायी प्रालिलाई सुदूरपश्चिम सरकारले ५ करोड रकम विनियोजन गरेको हो।
कमेन्ट लोड गर्नुस