सुदूर नेपाललाई विश्वसँग जोड्दै

लारा बनिन् इन्दिरा गान्धी

२०७८ साउन २१, ०८:१६

एजेन्सी: वर्षकै बहु प्रतिक्षित फिल्म ‘बेल बटम’ को ट्रेलर सार्वजनिक भएको छ। १९ अगस्टमा रिलिज हुने यस फिल्ममा भारतीय जासुस बनेका अक्षय कुमारको साथमा वाणी कपुर, हुमा कुरैशी र लारा दत्ता मुख्य भूमिकामा रहेका छन्।

फिल्ममा लारा दत्ताले इन्दिरा गान्धीको भूमिका निर्वाह गरेकी छिन्। दत्तालाई इन्दिरा गान्धीको भूमिकाका लागि फोन आएको थियो। उनी बिना स्क्रिप्ट पढेरै भूमिकाका लागि तयार भइन्। दत्ताले यो मौका दिएकोमा आफू निकै आभारी रहेको पनि बताइन्।

चलचित्र सन् १९८४ मा भएको प्लेन हाइज्याकको घटनामा आधारित छ। लगातार पाँच पटक प्लेन हाइज्याक भएपछि भारत सरकारले यस अप्रेसनका लागि एक जासुस ल्याएको थियो। जसको कोड नाम बेल बटम थियो। चलचित्रलाई रंजित तिवारीले निर्देशन गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस