सुदूर नेपाललाई विश्वसँग जोड्दै

र्‍यापर हनी सिंहविरुद्ध मुद्धा, श्रीमतीले लगाइन घरेलु हिंसाको आरोप

२०७८ साउन २१, ०४:०८ खबर संवाददाता

एजेन्सी: चर्चित र्‍यापर हनी सिंहविरुद्ध उनकै श्रीमतीले मुद्धा दर्ता गरेकी छिन्। श्रीमती शालिनी तलवारले दिल्लीको तीस हजारी अदालतमा घरेलु हिंसा सम्बन्धी महिला संरक्षण ऐन अन्तर्गतमा सिंह विरुद्ध मुद्दा दायर गराएकी हुन्।

अदालतले सिंहलाई २८ अगस्टसम्म अदालतलाई जवाफ फर्काउन निवेदन गरिसकेको छ। हनी सिंहले शालिनीसँग सन् २०११ को जनावरी २३ मा विवाह गरेका थिए। 

कमेन्ट लोड गर्नुस