प्रियंकाले सारी लगाएको तस्बिर सार्वजनिक गरेपछि...
धनगढीः अभिनेत्री प्रियंका कार्कीले छिट्टै आफ्नो पहिलो सन्तान जन्माउदैछिन्। सन्तानको आगमनपश्चात् आफ्नो जीवन सदाका लागि परिवर्तन हुने उनले बताउँदै आएकी छन्। गर्भअवस्था उत्सवको रुपमा मनाउनुपर्ने उनको धारणा छ।
पछिल्लो समय उनी सामाजिक सञ्जालमा बेबी–बम्पवाला तस्बिरका कारण बारम्बार चर्चामा छाएकी छन्। तस्बिरका कारण उनी ट्रोलको निसाना र सामाजिक प्रयोगकर्ताको तारो समेत बनेकी छन्।
अहिले पनि प्रियंकाले सामाजिक सञ्जालमा केही नयाँ तस्बिर शेयर गरेकी छन्। तस्बिर उनको परिवारले आयोजना गरेको दही चिउरा कार्यक्रमको हो। जसमा उनलाई श्रीमान् आयुष्मान देशराज जोशीका साथ पहेँलो सारीमा देख्न सकिन्छ। तस्बिरमा उनलाई सारीमा देखेर सामाजिक प्रयोगकर्ताले आश्चर्य मानेका छन्।
जसमा एक युजर्सले लेखेका छन्, ‘बच्चा बुबा–आमालाई माया गर्ने जन्मियोस्, यतिको तहल्का पिट्दा अलि फरक जन्मियोस्।’ अर्का अर्जुन थापा नामका युजर्सले उनलाई सारीमा कति सुहाएको बताउँदा मोहन सङ्ग्राम नामका व्यक्तिले पाकेको केरा जस्तो तस्बिर भनेर उडाएका छन्।
रविला पौडेल नामक एक युजर्सले लेखका छन्, ‘मेरो आँखा धमिलो भएछ क्या हो। दिदीले सारी लाएको जस्तो देख्छु त। भोली जान्छु आँखा जचाउँन।’ त्यस्तै अर्जुन मगर लेख्छन्, ‘कलियुगका मुना र मदन, भित्री कस्तो छ थाहा भएन, तर बाहिरी क्रियाकलाप हेर्दा चाहीँ जोडीको डाहा लागेर आउँछ।’
प्रियंकाको यो पोष्टमा थुप्रैले प्रतिक्रिया दिएका छन्।