सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा नेपाली सेनाको भोगाधिकारमा रहेको जग्गा संस्थागत अतिक्रमणको सिकार

अतिक्रमित जमिनमा सेनाले तारबार लगाउन खोज्दा गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउँदले अवरोध गरेको रहस्य खुलेको छ। अत्तरियामा सेनाको जमिन नै संस्थागत रुपमा अतिक्रमण गरेर ६१ वटा भौतिक संरचना निर्माण गरिएपछि थप जमिन अतिक्रमण हुन नदिन तारबार गर्न खोज्दा मेयर साउँदले जमिनको व्यवस्था अन्तै गरिदिन्छु भन्दै अतिक्रमित क्षेत्रमा तारबार गर्न अवरोध गरेका हुन्।

कमेन्ट लोड गर्नुस