सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली तुइन प्रकरणको छानविनका लागि दार्चुला पुगेको गृह मन्त्रालयको टोलीद्वारा घटनास्थलको निरीक्षण

महाकालीमा तुइन तर्ने क्रममा जयसिंह धामी बेपत्ता भएको घटनाबारे छानबिन गर्न घटनास्थल मालघाट गएको गृह मन्त्रालयको टोली दार्चुला फर्किएको छ। भारतीय बाटो हुँदै गस्कु–मालघाट गएको छानबिन टोली आज मध्यान्न जिल्ला सदरमुकाम खलंगा पुगेको सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट जोशीले जानकारी दिइन्। गृह मन्त्रालयका सहसचिव एवं छानबिन समितिका संयोजक जनार्दन गौतम नेतृत्वको टोलीले घटनास्थल पुगेर त्यहाँको वस्तुस्थिति ल्याएर फर्किएको उनले बताइन्। समितिले भारतीय एसएसबी र स्थानीयले भारतीय प्रहरी थानामा दिएको उजुरीको सम्बन्धमा पनि जानकारी लिएको बताइएको छ।

कमेन्ट लोड गर्नुस