सुदूर नेपाललाई विश्वसँग जोड्दै

छायांकनका लागि खप्तड लागे पल शाह

२०७८ साउन २५, ०८:५६ खबर संवाददाता

धनगढी : म्युजिक भिडियोको छायांकनका लागि कलाकार पल शाह र गरिमा शर्मा खप्तडतर्फ हिडेका छ्न्।

टीमसहित सोमबार जहाजमार्फत धनगढी पुगेका शाह धनगढीदेखि मोटर बाटो भएर खप्तडतर्फ लागेका हुन्। उनको टीम बझाङ भएर खप्तड पुग्नेछ।

२ वटा गीतको छायांकनको लागि खप्तड गइरहेको उनले बताए। उनले लाइभमार्फत खप्तड सुटिङको लागि गइरहेको र अब केहि दिन सुदूरपश्चिममा रहने बताएका हुन्।

कमेन्ट लोड गर्नुस