धनगढीमा मस्जिदको छेउमै राँगा काटेर कारोबार, स्थानीयको बिरोध
धनगढीमा मस्जिदसँगै जोडिएको पशु बधशाला बन्द नगरिएपछि स्थानीयले विरोध जनाएका छन्। मस्जिदसंगै खुलेआम राँगा काटेर बिक्री भइरहेको भन्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १ को नेपाली नूरी जामे मस्जिद संघको विरोध जनाएको हो। उक्त क्षेत्रका स्थानीयले कैलाली खोलाको किरानमा काटिएको राँगोको मासु मस्जिद भएको घर नजिकबाट बिक्री बन्द गर्न स्थानीय प्रशासन र धनगढी उपमहानगरपालिकामा पटकपटक निवेदन दिएका छन्।
कमेन्ट लोड गर्नुस