मुख्यमन्त्रीले निकटका व्यक्ति नियुक्त गर्न खोज्दा थला पर्यो स्वरोजगार कोष, २४ करोड गायब !
सुदूरपश्चिम प्रदेश सरकारको स्वरोजगार विकास कोष कार्यान्वयन गर्न कार्यकारी निर्देशक नियुक्तिका लागि सूचना निकालियो। सूचना अनुसार ३ जना सुदूरपश्चिम र एक जना ३ नम्बर प्रदेशबाट गरी ४ जनाको आवेदन परेको थियो। सुदूरपश्चिमबाट परेका कुनै पनि आवेदक कार्यकारी निर्देशक हुन योग्य देखिएनन्। तर मुख्यमन्त्री त्रिलोचन भट्टले निकटका व्यक्तिलाई नियुक्त गर्न खोज्दा डेढ अर्बको स्वरोजगार विकास कोष ३ वर्षदेखि अलपत्र परेको छ।
कमेन्ट लोड गर्नुस