सुदूर नेपाललाई विश्वसँग जोड्दै

शिल्पामाथि करोडौं ठगी गरेको आरोप

२०७८ साउन २८, ०३:२० खबर संवाददाता

धनगढीः बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा अहिले प्रहरी हिरासतमा छन्। अश्लील फिल्म बनाएर विभिन्न एपमा रिलिज गरेको आरोपमा उनी प्रकाउ परेका हुन्।

यसैबिच अभिनेत्री शिल्पा शेट्टी विरुद्ध एक महिलाले करोडौँ ठगी गरेको आरोप लगाएकी छिन्। ती महिलाको आरोपपछि मुम्बई र युपी प्रहरीले छानबिन गर्न सुरु गरेको छ। छानबिनकै क्रममा हिजो बुधवार प्रहरी शिल्पाको जुहुस्थित घर समेत पुगेका थिए।

ज्योत्सना चौहानले लखनउको विभूतिखण्ड चौकी र रोहितवीर सिंहले हजरतगंज प्रहरी चौकीमा शिल्पा र उनकी आमा सुनन्दा शेट्टी विरुद्ध ठगी गरेको आरोपमा उजुरी दर्ता गराएका छन्।

‘आयोसिस स्लिमिंग स्किन सैलुन र स्पा वेलनेस सेन्टर’ को ब्रान्च खोल्ने भनेर शिल्पा र सनन्दाको कम्पनीका मानिसहरुले दुई व्यक्तिहरुसँग करोडौँ पैसा लिएका थिए। पैसा लिएर शिल्पा र उनकी आमाले आफ्नो वाचा पूरा नगरेको र कम्पनी ओपनिङमा समेत शिल्पा नगएको भन्ने उनीहरुमाथि आरोप छ।

हजरतजंग प्रहरीले सोधपुछका लागि दुवैलाई एक महिनाको सूचना जारी गरिसकेको छ।

विभूतिखण्ड प्रहरीले १९ जुन २०२० मा यस मामिलामा एफआइआर दर्ता गराएको थियो। लामो समयसम्म कुनै काहवाही नहुँदा अन्य सारिएको थियो।

कमेन्ट लोड गर्नुस