सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘जिरो फिगर’ बिग्रिने करीनाको डर, सरोगेसीबाट जन्माउन चाहन्थिन् बच्चा

२०७८ साउन ३०, ०८:२१ खबर संवाददाता

काठमाडौँ: बलिउड अभिनेत्री करीना कपूर खानलाई विवाह र गर्भवती हुँदा करियरमा असर पर्ने डर रहेको सैफ अली खानले खुलासा गरेका छन्।

उनले विवाह र सन्तान जन्माउने विषयमा कसरी निर्णय लिइयो र यसको सीधा असर करियरसँग जोडिएको समेत बताएका हुन्। सैफले फिल्म क्षेत्रका महिलाको शरीरको आकारका विषयमा चिन्ता रहने र त्यसमाथि करीनाको जिरो फिगर रहेको बताए। उनका लागि फिगर निकै महत्त्वपूर्ण रहेको बताउँदै सैफले गर्भ रहेपछि शरीरको आकारमा परिवर्तन हुने र पुनः पुरानै अवस्थामा ल्याउन मुश्किल हुने बताए।

सैफका अनुसार यही कुराले तनावमा रहने करीनासँग पहिलोपटक बच्चाको विषयमा कुरा गर्दा उनले सरोगेसीतिर ध्यान दिएकी थिइन्। पछिमात्रै करीना बच्चा जन्माउन राजी भएकी सैफले बताए। दुई सन्तानकी आमा करीनाले पहिलो सन्तान २०१९ र दोस्रो २०२१ मा जन्माएकी हुन्। करीनाले दोस्रो बच्चा भएपछि लेखेको ‘प्रेग्नेन्सी बाइबल’ नामक पुस्तक पनि सार्वजनिक गरेकी छिन्।


 

कमेन्ट लोड गर्नुस