धनगढीमा गुञ्जिए समर्पण र कलावती
कलावती उपाध्यायको कविता बाचनसंगै गायक नरेश जोशीको गायनले शनिवार धनगढीको माहोल तताएको हो। रचना बाचन समूह धनगढकिो आयोजनामा समर्पण र उपाध्यायको सयुक्त रचना बाचन कार्यक्रमको अयोजना गरिएको हो। समपर्णका गजल र उपाध्यायका कविता बाचनमा दर्शकहरु ताली बजाएर साथ दिईरहेका थिए भने गायक नरेश जोशीको गायनले पनि दर्शकको मन जितन सफल भयो। २०७३ सालमा युवा कवि जनक रसिकको एकल रचना बाचन गरि सुरु गरिएको कार्यक्रम अहिले सयुक्त रचना बाचनमा परिणत भएको हो।
शनिवारको दिन व्यस्त धनगढी, कतै मन्त्री र जनप्रतिनिधिहरुका कार्यक्रम, कतै हप्ताभरीको विदाको रमझम, कतै न्यायका लागि संघर्ष चलिरहँदा धनगढीको मुटुमा रहेको पार्कमोड स्थीत एक होटेलमा धनगढी साहित्य साँझले माहोल तताईरहेको थियो। गजल बाचन, गजल गायन र कविता बाचनमा सहभागीहरु झुमीरहेका थिए। अछाम जन्मथलो भई कैलालीलाई कर्मथलो बनाउँदै आएका श्रष्टा तिलक बोहरा समर्पणका गजल, बझाङ जन्मथलो भई हाल कैलालीलाई नै कर्मथलो बनाउँदै आएकी अर्की श्रष्टा कलावती उपाध्यायको कविता बाचनसंगै गायक नरेश जोशीको गायनले शनिवार धनगढीको माहोल तताएको हो। रचना बाचन समूह धनगढकिो आयोजनामा समर्पण र उपाध्यायको सयुक्त रचना बाचन कार्यक्रमको अयोजना गरिएको हो।
समपर्णका गजल र उपाध्यायका कविता बाचनमा दर्शकहरु ताली बजाएर साथ दिईरहेका थिए भने गायक नरेश जोशीको गायनले पनि दर्शकको मन जितन सफल भयो। २०७३ सालमा युवा कवि जनक रसिकको एकल रचना बाचन गरि सुरु गरिएको कार्यक्रम अहिले सयुक्त रचना बाचनमा परिणत भएको हो।