धनगढीबाट छायांकन सुरु हुँदै ‘म राजेश हमाल’
काठमाडौं: ‘म राजेश हमाल’ नामक चलचित्र निर्माण गरिने भएको छ। निर्माता केदार भुषालले सो चलचित्र बनाउन लागेका हुन्।
चलचित्रलाई विक्रम लामाले निर्देशन गर्नेछन् भने सञ्चिता लुइँटेल, मुकुन भुषाल, महेश त्रिपाठी, एवन राज उप्रेती, सञ्जोग रसाइली, अस्मिता लामिछाने मुख्य भूमिकामा अनुबन्ध भइसकेका छन्। चलचित्रमा राजेशलाई अतिथिको भूमिकामा पर्दामा उतार्ने तयारी निर्माण पक्षको छ।
चलचित्रको नामको विषयमा राजेश हमालले बिहीबार आफ्नो निधो दिनेछन्। मौखिक रुपमा भने नाम प्रयोग गर्ने सहमति भइसकेको छ। चलचित्र आउँदो भदौ २० गते धनगढीबाट छायांकन सुरु हुने बताइएको छ। यसअघि उनको नाममा ‘मेरो राजेश दाइ’ चलचित्र निर्माण भएको थियो।