अध्यादेशको विरोधमा डडेल्धुरामा प्रदर्शन
२०७८ भदौ २, ०७:३३
धनगढीः दल विभाजन सम्बन्धी अध्यादेशको विरोधमा नेकपा एमाले निकट युवा संघ नेपालले डडेल्धुरामा प्रदर्शन गरेको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश जारी गरेपछि बुधबार युवा संघले डडेल्धुरामा ¥याली निकाल्दै प्रदर्शन गरेको हो। तुफान्डाँडा देखि बागबजारसम्म प्रदर्शन गरेका युवाहरुले पुत्लासमेत दहन गरेका थिए।
युवा संघका कार्यकर्ताले ‘नेकपा एमाले जिन्दावाद, अध्यादेश फिर्ता ले’ लगायतका नारा लगाएका थिए।
कमेन्ट लोड गर्नुस