‘केजीएफ–२’को नयाँ प्रदर्शन मिति घोषणा
काठमाडौं: बलिउडको सर्वाधिक चर्चित र व्यापार गरेको फिल्म ‘केजीएफ’ को सिक्वेल ‘केजीएफ–२’को नयाँ प्रदर्शन मिति घोषणा गरिएको छ। यसअघि यो चलचित्र यसै वर्षको जुलाई १६ मा प्रदर्शन हुने भनिएको थियो। चलचित्रका मुख्य अभिनेता यशले आइतबार ट्विटरमार्फत चलचित्रको नयाँ मिति घोषणा गरेका हुन्।
उनका अनुसार अब यो चलचित्र सन् २०२२ को अप्रिल १४ बाट रिलिज हुनेछ। चलचित्रमा यशको साथमा संजय दत्त र रविना टन्डनको मुख्य भूमिका देख्न सकिनेछ।
चलचित्रमा सञ्जय खलपात्रको भूमिकामा भेटिनेछन्। कन्नड भाषामा निर्माण भएको यो चलचित्र चलचित्रलाई हिन्दी, तेलुगु, तमिल, मलयालम भाषामा पनि प्रदर्शन हुनेछ।