सुदूर नेपाललाई विश्वसँग जोड्दै

कंचनपुरका महरालाई ‘कमेडी च्याम्पियन’ जिताउन भोट माग्दै बिना मगर

२०७८ भदौ ७, ०२:३२ खबर संवाददाता

धनगढीः टेलिभिजन हाँस्यव्यंग्य रियालिटी सो ‘कमेडी च्याम्पियन’ अहिले चर्चामा छ। कलाक्षेत्र मात्र नभएर राजनीतिको केन्द्रमा समेत सोले चर्चा पाइरहेको छ। कारण, दलका नेताहरु आफू निकट प्रतिस्पर्धीलाई जिताउन खुलरै लागिरहेका छन्।

यसै क्रममा पूर्वमन्त्री समेत रहेकी बिना मगरले गृहजिल्ला कंचनपुरका कमेडियन हिक्मत महरालाई भोट गरेर जिताउन आग्रह गरेकी छन्। आफ्नो सामाजिक संजालमार्फत उनले जिल्लावासीलाई जिताउन अपिल गरेका हुन्। आगामी साता कमेडी च्याम्पियनमा अन्तिम चार प्रतिस्पर्धी छनौट हुँदैछन्। विक्की अग्रवाल सुरक्षित भैसकेका छन् भने अन्तिम चारमा प्रवेश गर्न विकास अर्याल, हिक्मत महरा, भरतमणी पौडेल र सन्तोष थापाबीच प्रतिस्पर्धा हुँदैछ।

आगामी चार सातामा कमेडी च्याम्पियनको ग्रान्ड फिनालीको तयारी भैरहेको छ।

कमेन्ट लोड गर्नुस