एक अभिनेत्रीको शव फेला
एजेन्सी: सर्वाधिक चर्चित फिल्म ‘कञ्चना–३’ की अभिनेत्री तथा रसियन मोडल एलेक्जेन्ड्रा दीजाभीको शव फेला परेको छ।
दीजाभीको शव गोवास्थित फ्ल्याटमा भेटिएको हो। उनी उक्त फ्ल्याटमा आफ्ना प्रेमीसँग बस्दै आएकी थिइन्। उनको शव भान्साकोठामा झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनले झुन्डिएको अवस्थामा रातो सारी लगाएकी प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन्। प्रहरीले शवको वरिपरि कुनै पनि सुसाइड नोट फेला पारेको छैन।
प्रहरीले अभिनेत्रीले आत्महत्या गरेको हुनसक्ने बताएको छ। तर, मृत्युको कारण अझैसम्म खुल्न सकेको छैन। रिपोर्टका अनुसार एलेक्जेन्ड्रा मानसिक रुपमा विचलित थिइन्। उनी आफ्नो मानसिक अवस्थालाई सही बनाउनका लागि औषधि सेवन गर्ने गर्थिन्। उनी प्रेमीसँग सम्बन्ध टुटेपछि तनावमा थिइन्। प्रहरीकाअनुसार उनको प्रेमी फ्ल्याटमा पुग्दा ढोका भित्रबाट बन्द थियो।
सन् २०१९ मा २४ वर्षीया अभिनेत्री दीजाभीले चैन्नईमा एक फोटोग्राफरको विरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन्। ‘कञ्चना–३’ राघव लरेन्सद्वारा लिखित फिल्म हो। उनले फिल्मको निर्देशन पनि गरेका हुन्। उनी फिल्ममा राघव लरेन्सले ओभिया, बेधिका, निक्की तंबोली र री जाबी एलेक्जेन्ड्रासँग देखिएकी थिइन्।