सुदूर नेपाललाई विश्वसँग जोड्दै

टिकटक स्टार स्मारिका ढकालको डिभोर्स, पूर्वपति आए लाइभमा

२०७८ भदौ ८, ०३:१४ खबर संवाददाता

काठमाडौं : चर्चित टिकटक स्टार स्मारिका ढकालको वैवाहिक सम्वन्ध टुटेको छ। झापाको बुधबारे घर भएका स्मारिका र विवेकबीच डिभोर्स भएको कुरा विवेक स्वयंमले टिकटमा लाइभ आएर पुष्टि गरेका छन। उनले भनेका छन्, अब आ–आफ्नै हिसाबले करिअर अगाडि बढाउने भनेर हामी आपसी समझदारीमा नै छुट्टिएका हौं। अहिले पनि एक–अर्कालाई घृणा गर्दैनौं ।’

उनीहरुबीच समझदारीमा छुट्टिने सहमति भएको विवेकले बताएका छन। धेरै दिनदेखि उनको डिभोर्सको चर्चा टिकटकमा हल्ला थियाे। उनका श्रीमानले नै यो खबर फैलाएपछि स्मारिकाको खुबै आलोचना भइरहेको छ। उनले नयाँ प्लाटफर्म पाएपछि श्रीमान नै भुलेको अरुसँग लागेको भन्दै फ्यानहरुले चर्को टिप्पणी गरेका छन्।

स्मारिका र विवेकबीच केही वर्षअघि ‘प्रेम बसेपछि मागी’ बिहे भएको थियो। टिकटकमा स्मारिकाको ६ लाख भन्दा बढी फलोअर्स छन्। 

कमेन्ट लोड गर्नुस