सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कमेडी च्याम्पियन’मा विक्कीले प्रस्तुत गरेको ‘पेन्टोमाइम’ के हो ?

२०७८ भदौ १३, ०१:५१ खबर संवाददाता

धनगढीः कमेडी च्याम्पियनका निर्णायक सन्तोष पन्त विवादमा तानिएका छन्। कलाको आयम र विविधतालाई बुझ्न अनि स्वीकार्न नसकेका भन्दै उनीमाथि टिका–टिप्पणी गरिएको हो।

यसको सिलसिला सुरु हुन्छ, कमेडी च्याम्पियनबाट। यतिबेला ‘कमेडी च्याम्पियन २’ को मञ्चमा अन्तिम ४ प्रतिस्पर्धी छन्। जसमध्ये भरतमणी पौडेल अन्तिम ३ मा पुगिसकेका छन् भने बाँकी ३ मध्ये २ जना दर्शकको भोटको आधारमा अगाडि बढ्नेछन्।

फाइनल पुग्नु अगाडि प्रतिस्पर्धीले प्रस्तुत गर्ने आफ्नो प्रस्तुती जोखिमपूर्ण पनि हुने गर्दछ। किनकी, यती लामो संघर्षपछि अन्तिम ३ मा नपुगी बाहिरिदा जसको मन पनि खिन्न हुन सक्छ। तर, सिक्किमबाट आएका विक्की अग्रवाल भने अरु भन्दा फरक देखिए। विक्कीले फाइनलमा पुग्नका लागि जुन खालको प्रस्तुति दिए, त्यो आफैमा जोखिमपूर्ण थियो। विक्की आफैले भनेका छन्–‘मलाई पेन्टोमाइम अभिनय गरेको कारण कुनै पनि पश्चाताप छैन। कमेडी च्याम्पियनको सेटमा म जित्न भन्दा पनि केही नयाँ गर्न आएको हुँ। शुक्रबार बेलुकीसम्म म स्ट्यान्डअप गर्ने कि पेन्टोमाइम गर्ने भन्ने थियो। म टप ४ बाट बाहिरिए भने पनि मलाई कुनै पश्चाताप हुने छैन। मलाई बाहिरिदा पनि केही फरक पर्दैन।’

के हो विक्कीले गरेको ‘पेन्टोमाइम अभिनय’ ?

पेन्टोमाइम अभिनयको सुरुवात बेलायतबाट भएको हो । संगीतमय माहोलमा नबोली अभिनय मात्र गरेर दर्शकलाई हसाँउनु यो अभिनयको विशेषता हो। विशेषगरि, बेलायत, आयरल्याण्ड लगायतका देशमा नयाँ बर्ष र क्रिसमसमा यो अभिनय प्रस्तुत गरिन्थ्यो। आधुनिक पेन्टोमाइममा गीत, थप्पड, नृत्य आदि समावेश गरिन्छ।

पश्चिमी संकृतीमा पेन्टोमाइमका एक लामो नाट्य इतिहास छ। विशेषगरि, यो शास्त्रीय रंगमञ्चसँग जोडिएको छ। अंग्रेजी पेन्टोमाइमको विकास कमेडियन डेल आर्टेबाट पनि प्रभावित छ।

कमेन्ट लोड गर्नुस