२५ वर्षीया दृष्टिबिहिन हिमानीले जितिन् एक करोड
एजेन्सी: २५ वर्षीया हिमानी बुंदेला ‘कौन बनेगी करोडपति’ सिजन १३ की पहिलो करोडपति बनेकी छिन्। भारतको आगराकी हिमानीको १५ वर्षीय उमेरमा एक दुर्घटनामा हुँदा आँखाको दृष्टि गुमेको थियो।
आर्थिक रुपमा सामान्य रहेको परिवारले हिमानीको आँखाका चारवटा शल्यक्रियाको खर्च उठायो तर उनको आँखाको ज्योति फर्किएन। भारतको केन्द्रीय विद्यालयमा शिक्षिकाको जागिर खाने उनले आफुले सपनामा पनि यो नसोचेको बताएकी छिन्।