सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका हिक्मत महरा कमेडी च्याम्पियनबाट बाहिरिए

२०७८ भदौ १६, ०६:५० खबर संवाददाता

धनगढीः टीभी रियालिटी शो कमेडी च्याम्पियनको अघिल्लो एपिसोडमा अत्यधिक चर्चामा आएका प्रतियोगी विक्की अग्रवाल अन्ततः फाइनलमा पुगेका छन्। दर्शकको भोटबाट विक्कीसहित सन्तोष थापा फाइनलका लागि छानिए भने हिक्मत महरा आउट भएका छन्।

यसअघि टप ४ को प्रतिस्पर्धाबाट निर्णायकहरुको छनोटका आधारमा भरतमणि पौडेलले फाइनलमा स्थान बनाइसकेका छन्। अब उपाधिका लागि भरतमणि, विक्की र सन्तोषको त्रिपक्षीय प्रतिस्पर्धा निश्चित भएको छ। यद्यपि, यसबारे कमेडी च्याम्पियन टिमले औपचारिक जानकारी भने दिएको छैन। कमेडी च्याम्पिसन सिजन २ को फाइनल आगामी २ असोजमा हुने छ। 

कमेन्ट लोड गर्नुस