ऋचा शर्माले किन छोडिन् कमेडी च्याम्पियन ?
धनगढीः अभिनेत्री ऋचा शर्मा लोकप्रिय कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी छन्। आमा बन्ने मिति नजिकिएपछि उनले शो छोडेकी हुन्। उत्कृष्ट ३ प्रतियोगी छनौटसम्म निर्णायकको रुपमा रहेकी शर्मा फाइनल प्रतियोगितामा भने शोमा अब देखिने छैनन्।
‘कमेडी च्याम्पियनको फाइनल अब दुई सातापछि हुनेछ। सो समय डाक्टरले दिएको मेरो आमा बन्ने डेट हो’ शर्माले भनिन्, ‘अहिलेसम्म शोमा रहेपनि फाइनलमा भने उपस्थित हुन नसक्ने भए।’ डाक्टर लगायत सबैले अब त रेस्ट गर्नुपर्छ भनेपछि सोका अवको एपिसोडमा सहभागी नहुने निर्णय समेत गरेको उनले सुनाइन्।
उनले बिदा लिएपछि अव शोमा निर्णायकको रुपमा सन्तोष पन्त, मनोज गजुरेल र प्रदिप भट्टराई मात्र देखिनेछन्।