आमा बनिन् अभिनेत्री ऋचा
२०७८ भदौ २३, ११:३१
काठमाडौं : अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ। बुधबार उनले छोरालाई जन्म दिएकी हुन्।
काठमाडौंको नर्भिक अस्पतालमा अपरेसनपछि जन्मिएको बच्चाको तौल तीन किलो एक सय ग्राम रहेको नर्भिकका प्रवक्ता सोमनाथ बास्तोलाले बताए। ऋचाले गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी थिइन्।
कमेन्ट लोड गर्नुस