सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका द्रोर्णाचार्य शास्त्रीको खण्डकाव्य लोकार्पण

२०७८ भदौ २३, ०३:१५ खबर संवाददाता

धनगढी: द्रोणाचार्य शास्त्रीको ‘मार्ग दर्शन’ खण्डकाव्यको लोकार्पण गरिएको छ। बुधबार एक समारोहकाबीच स्वामी १००८ देवराज आचार्य र धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्टले खण्डकाव्य विमोचन गरेका हुन्। खण्डकाव्य प्रकाशन तथा लोकार्पण कार्यक्रमको आयोजना भगवती चेतनशील आमा समूहले गरेको थियो।

खण्डकाव्य विमोचन समारोहमै खण्डकाव्यका रचनाकार द्रोर्णाचार्य शास्त्रीलाई आमा समूहले सम्मान गरेको छ। खण्डकाव्यमा सदाचार जीवनयापन गर्न व्यक्तिले पालन गर्नुपर्ने कर्तव्य तथा आचारणबारे पद्यशैलीमा वर्णन गरिएको खण्डकाव्यकार शास्त्रीले बताए।

कमेन्ट लोड गर्नुस