बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन
धनगढी: बलिउड अभिनेता अक्षय कुमारकी आमाको निधन भएकाे छ।
बिगत लामो समय देखि बिरामी अक्षय कुमारकी आमाको आज बिहान ७७ वर्षको उमेरमा निधन भएको अक्षयले सामाजिक संजालबाट जानकारी दिएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई केही दिनअघि मुम्बईको हिरानन्दानी अस्पताल भर्ना गरिएको थियो। साथै उनको आइसीयूमा राखेर समेत उपचार भइरहेको थियो।
अक्षय कुमार केही सातादेखि युकेमा फिल्म ‘सिन्ड्रेला’को सुटिङ्मा व्यस्त थिए। आमाको बिग्रिदो स्वास्थ्य अवस्था र आइसीयूमा राखेको खबरपछि अक्षय सुटिङ छोडेर भारत फर्किएका थिए।