चलचित्र ‘ए मेरो हजूर ४’ चैत २५ मा प्रदर्शन हुने
२०७८ भदौ २६, ०६:५६
काठमाडौँ: चलचित्र ‘ए मेरो हजूर ४’ चैत २५ मा प्रदर्शन हुने भएको छ।
अभिनेत्री तथा निर्देशक झरना थापाले निर्देशन गरेको चलचित्र ‘ए मेरो हजूर ४’ चैत २५ गते प्रदर्शन गर्ने निर्माण टोलीले जनाएको छ। यसअघि भदौ १८ गते प्रदर्शन गर्ने बताइएको उक्त चलचित्र कोरोना महामारीले गर्दा प्रदर्शन मिति सारिएको थियो। चलचित्रमा सुहाना थापा, अनमोल केसी सँगै सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ।
कमेन्ट लोड गर्नुस