भारतीय हास्यकलाकार भारतीले घटाइन् १५ किलो तौल
एजेन्सी: भारतीय हास्यकलाकार भारती सिंहले आफूले १५ किलो तौल घटाएको बताएकी छिन्।
भारती सिंहले एक साक्षात्कारमा आफूले इन्टरमिटेन्ट फास्टिङ गर्ने र आफू यति धेरै तौल कम गर्न सफल भएकोमो चकित भएको बताइन्। उनले भनेकी थिइन्, ‘मेरो तौल ९१ किलोग्राम भएको छ। अब मलाई ठूल्ठूलो सास आउँदैन र म हल्का महसुस गर्छु। मेरो दम र मधुमेह पनि नियन्त्रणमा आएको छ। म यतिबेला इन्टरमिटेन्ट फास्टिङ अपनाइरहेकी छु। म बेलुका सात बजेदेखि भोलिपल्ट १२ बजेसम्म केही खादिनँ।’