लोक दोहरी गीत ‘रुदै हिन्छु वनपाखामा’ सार्वजनिक [भिडिओसहित]
धनगढीः सर्जक तथा गायक ईन्द्र केसीको ‘रुदै हिन्छु वनपाखामा’ बोलको मौलिक लोक दोहरी गीत सार्वजनिक भएको छ। शुक्रबार सार्वजनिक गरिएको उक्त गीतमा गायक ईन्द्र केसी र गायिका राधा बिसीको आवाज रहेको छ। सो गीतमा सर्जक केसीको लय तथा पदम बीसीको थापाको संगीत रहेको छ।
दिपक भण्डारीको निर्देशनमा तयार भएको उक्त गीतको म्युजिक भिडियोमा अभिनय अर्जुन बुढा र सिमा जिसीको रहेको छ। उक्त गीतमा युवा युवतीबीचको माया प्रेमको चर्चा गरिएको छ।
गीतको भिडियो कैलालीका विभिन्न रमणीय स्थानहरूमा छायांकन गरिएको बताईएको छ। यो गीत दर्शकहरूको रोजाईमा पर्न सफल हुनेछ भन्ने आशा गरिएको छ।